नेपाल आयल निगमले मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ।
काठमाडौँ– नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा ७.५० पैसा, दोस्रो वर्गमा ६ र तेस्रो वर्गमा ५ रुपैयाँका दरले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रो वर्गका क्षेत्रमा १६९ र तेस्रो वर्गका क्षेत्रमा १७० तोकिएको छ। यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर १७५ थियो।
यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा १४९ र तेस्रो वर्गका क्षेत्रमा १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ११५ अमेरिकी डलरले मूल्य घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
