संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील र स्तरीय बनाउने बारेमा पनि छलफल भएको सभामुख घिमिरेले बताएका छन्।
काठमाडौँ– संसदीय समितिका सभापति छिटो चयन गर्ने विषयमा शीर्ष तीन दलका नेताबीच सहमति जुटेको छ।
मंगलबार सिंहदरबारमा भएको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए। छलफलमा संसदीय समितिको सभापति छिटो टुङ्ग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको उनको भनाइ छ।
“लामो समयदेखि संसदीय समितिहरूको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ। त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ। त्यसमा सल्लाह सुझाव मागेँ,” उनले भने, “चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ। त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेर भनेँ।”
सभापति चयन गर्ने कुरामा नेताहरू गम्भीर भएको सभामुख घिमिरेको थियो। “मूलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो। उहाँहरू गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ,” उनले भने। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानेसमेत सहमति भएको बताए। बैठकमा कोशी प्रदेशको नेतृत्वको बारेमा पनि छलफल भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
