प्रकाश फुँयालको उम्मेदवारी निष्क्रिय बनाउन माओवादी केन्द्रको निर्देशन

माओवादी केन्द्रीय कार्यालयका मुख्य  सचिव श्रीराम ढकालले उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने पार्टीले निर्णय गरेको बताए। 

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रकाश फुँयालको उम्मेदवारी निष्क्रिय बनाउन निर्देशन दिएको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर -६ प्रदेशसभा (ख)मा माओवादी केन्द्रबाट उम्मेदवार रहेका फुँयालको उम्मदेवारी निष्क्रिय बनाउन त्यहाँको प्रदेश कमिटीलाई माओवादी केन्द्रले निर्देशन दिएको हो।

माओवादी केन्द्रीय कार्यालयका मुख्य  सचिव श्रीराम ढकालले उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने पार्टीले निर्णय गरेको बताए। 

"यतिबेला गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनु पर्ने आवश्यकता भएकाले हाम्रो पार्टीका तर्फबाट प्रस्तुत गरिएको उम्मेदवार कमरेड प्रकाश फुँयालको उम्मेदवारी निष्क्रिय गरी गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त निमिल्सिनालाई सहयोग गर्ने भन्ने हाम्रो पार्टीको निर्णय भएकाले सोही अनुसार कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिन्छ," मुख्य सचिव ढकालले काठमाडौं क्षेत्र नम्बर ६ (ख) का संयोजकलाई लेखेको पत्रमा भनिएको छ।