बाढीमा बगाएर आएको भैँसी बचाउनेले एक लाख रुपैयाँ मागेको देखेँ त्यही भैँसीका मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै थिए त्यही दृश्य कल्पितले वृत्तचित्रमा उतारेका छन्।
क्यानाडामा आयोजित बान्फ माउन्टेन फिल्म फेस्टिभलमा सञ्चारकर्मी एवं छायाकार विष्णु कल्पितले तयार पारेको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ गड्स बफेलो ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ।
मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिभलमा अवार्ड पाएको थियो। क्यानाडाको अल्बेटामा जारी बान्फ फिल्म फेस्टिभलमा महत्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवं छायाकार कल्पितले जानकारी दिए। अक्टोबर २९ तारिखदेखि शुरु भएको फेस्टिभल आजसम्म जारी छ।
यसअघि सो वृत्तचित्रले सिपोन्टम आर्टहाउस इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो। यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिबलमा छनोटमा परेको यो डकुमेन्ट्रीले काठमाडौँ माउण्टेन फिल्म फेस्टिभल (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो। यस्तै, इसीमोड माउन्टेन फिल्ममा उत्कृष्ट वृत्तचित्रको उपाधि जितेको थियो।
इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्नको छनोटमा परेको सो वृत्तचित्रले द भिजन फिस्ट फिल्म फेस्टिभलमासमेत महत्वपूर्ण स्थान हासिल गरेको थियो।
कूल १४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेशनल डकुमेन्ट्री फेस्टिभलमा छनोटमा परेको थियो। २०७७ असारमा मेलम्चीमा रिपोर्टिङमा जाने क्रममा यो वृत्तचित्र खिचेको निर्देशक कल्पितले बताए।
“बाढीबाट आहत भएका स्थानीयबासीको समाचार संकलन गर्न मेलम्ची पुग्दा त्यहाँका स्थानीयबासीले प्रेसको गाडीलाई रोकेका थिए। बुझ्दा खेरी बाढीमा बगाएर आएको भैँसीलाई बचाउनेले एक लाख रुपैयाँ मागेको देखेँ”, उनले भने, “त्यही भैँसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै हुनुहुन्थ्यो। त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालेँ। त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ।”
वृत्तचित्र नै बनाउने नसोचे पनि हाल देश विदेशमा उक्त वृत्तचित्रले राम्रै चर्चा परिचर्चा पाएको र नेपालको नामसमेत राखेको कल्पितको भनाइ छ। भैँसी जोगाउनका लागि स्थानीयबासी भीमसेन माझीले एक लाख रुपैयाँ मागिरहेका थिए। होमानसिंहसँग त्यत्रो पैसा थिएन। यही विषयलाई वृत्तचित्रमा समावेश गरिएको छ।
४६ वर्षदेखि विभिन्न फिल्म फेस्टिभल आयोजना गर्दै आएको बान्फ फिल्म फेस्टिभलमा सो वृत्तचित्र छनोट हुनु नै नेपाल र नेपाली चलचित्र उद्योगका लागि खुसीको कुरा भएको कल्पितको भनाइ छ। नेपालको पर्यटन प्रवर्द्धनमा यसले महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
