काठमाडौँको सीडीओमा जितेन्द्र बस्नेत

बस्नेत यसअघि गोरखा, चितवन र पर्सामा प्रमुख जिल्ला अधिकारी भइसकेका छन्। 

काठमाडौंँ– गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेतलाई खटाएको छ।

मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवम् प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका सहसचिव बस्नेतलाई गृहमन्त्री स्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको सचिवालयले जनाएको छ।

यसअघिका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सरकारले मंगलबार सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै बुधबार गृह मन्त्रालयले बस्नेतलाई काठमाडौँमा सरुवा गरेको हो।

बस्नेतले यसअघि गोरखा, चितवन, पर्सामा प्रमुख जिल्ला अधिकारी रहेर काम गरिसकेका छन्।

त्यस्तै, उनले राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशक, प्रदेशमा सचिवको जिम्मेवारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव र भूकम्प प्राधिकरण कार्यालयमासमेत सहसचिवको जिम्मेवारीमा काम गरिसकेका छन्।