दक्षिणपश्चिम चीनको चोङकिङमा बाढीका कारण ८५ हजार मानिस विस्थापित भएका छन्।
दक्षिणपश्चिम चीनमा भीषण वर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ। अन्य चारजना बेपत्ता भएका छन्।
सोमबारदेखि परेको मुसलधारे वर्षा र बाढीमा परि बुधबार बिहानसम्म चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु र चार जना बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।
मौसम विज्ञान विभागले मध्य र दक्षिणपश्चिम चीनका धेरै भूभागमा भीषण वर्षा हुने जनाउँदै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो। वर्षाका कारण ८५ हजार मानिस विस्थापित भएका छन्।
छिमेकी सिचुआन प्रान्तमा पनि चार लाख ६० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएको सिन्ह्वाले जनाएको छ। राष्ट्रपति सी चिनफिङले सबै तहका अधिकारीलाई जनताको सुरक्षा र सम्पत्तिको संरक्षणलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
