सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। गत वर्ष पनि असार २७ देखि साउन २ गतेसम्म कार्यसमिति बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।
काठमाडौँ- सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसले एकवर्षपछि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि कार्यसमिति बैठक बोलाएका छन्। सभापति देउवाको निवासमा बुधबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफलपछि केन्द्रीय समिति बैठक बोलाउने सहमति भएको हो।
कांग्रेसका प्रचार विभाग प्रमुख एवम् केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए। गतवर्ष पनि असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।
कांग्रेसको विधानअनुसार हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्ने भन्दै कांग्रेस संस्थापन इतर समूहले पटकपटक दबाब दिँदै आएको थियो। तर, सभापति देउवा बैठक बोलाउन तयार भएका थिएनन्।
केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकिरहेका बेला केन्द्रीय कार्य सम्पादन समितिको बैठकमार्फत् नै कांग्रेसले महत्वपूर्ण निर्णयहरु गर्दै आइरहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
