एमालेलगायत विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर दुई दिनपछि र राष्ट्रियसभाको बैठक एक दिनपछि बोलाइएको छ।
काठमाडौँ– विपक्षी दलहरूको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक अब दुई दिनपछि शुक्रबार मात्र बस्ने भएको छ। राष्ट्रियसभाको बैठक भने बिहीबारलाई बोलाइएको छ।
बुधबार एमालेलगायत विपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि आधा घन्टाको लागि स्थगित गरिएको बैठक फेरि बस्न सकेन। त्यसपछि संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने जनाएका हुन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नसक्ने बताएका थिए। संसद् अवरोधमा एमालेलाई रास्वपा र राप्रपालगायत विपक्षीले साथ दिएका थिए। राप्रपा सांसद आफ्नो स्थानबाट उठेर सभामुखको स्थान अगाडि पुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।
उता, एमालेको अवरोधपछि बुधबार दिउँसो ३ बजेसम्म स्थगित राष्ट्रियसभा बैठक पनि बस्न सकेन। सूचना टाँस गरेर राष्ट्रियसभा बैठक १ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ।
राष्ट्रियसभाको बुधबारको बैठक शुरू हुनासाथ एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालको अभिव्यक्ति आपत्तिजनक भएको बताएका थिए। प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने उनले बताए। त्यसपछि एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
