ईयूका सदस्य राष्ट्र र युरोपेली संसद्ले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा हो।
युरोपेली संघ (ईयू)ले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेस्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी लक्ष्य लागू गर्ने योजना अघि सारेको छ।
खाद्यान्नलाई खेर जानबाट रोक्नुपर्नेमा जोड दिँदै युरोपेली आयोगका उपप्रमुख फ्रान्स टिमरम्यान्सले भने, “तीन करोडभन्दा बढी युरोपेलीलाई शरिरका लागि आवश्यक पर्ने उचित आहारको अभाव रहने गर्छ। विश्वव्यापी रूपमा भोकमरी फेरि बढिरहेका बेला यति ठूलो परिमाणमा खाना खेर फाल्नु गलत कुरा हो।”
ईयूका सदस्य राष्ट्र र युरोपेली संसद्ले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन समूहको अगुवाइमा भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा रहेको एएफपीले जनाएको छ।
हालै प्रकाशित रिपोर्टअनसार यी २७ राष्ट्रले वर्षमा करिब पाँच करोड ९० लाख टन अर्थात् प्रतिव्यक्ति १३१ किलोग्राम खाद्यान्न खेर फाल्छन्। यसले करिब १३२ अर्ब युरो (१४४ अर्ब अमेरिकी डलर) नोक्सानी हुनेगर्छ।
फोहोर मैलामै थन्किएका खाद्य पदार्थको उत्पादन, प्रशोधन र संरक्षणका लागि पानी, मल र ऊर्जाको अनावश्यक प्रयोगलाई कम गर्ने ईयूको उद्देश्य छ।
यस अवधिमा प्रशोधन र उत्पादनबाट निस्कने फोहोर १० प्रतिशतले घटाउन पनि माग गरिएको छ। बाली उत्पादनमा हुने उतारचढाव र फोहर मलमा परिणत हुँदा नियमन गर्न कठिन हुने कृषि क्षेत्रका लागि कुनै लक्ष्य निर्धारण गरिएको छैन।
युरोपेली वातावरण विभागले महाद्वीपभरी खाद्य पदार्थको बर्बादीलाई दिगो स्तरमा झार्ने लक्ष्य अझै पनि निकै कम रहेको र यसलाई सबै क्षेत्रमा ५० प्रतिशत कायम गरिनुपर्ने बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
