प्रितम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले उनको राजीनामा माग्दै राष्ट्रियसभामा अवरोध सिर्जना गरेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै राष्ट्रियसभा बैठक अवरोध गरेको छ।
प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको हो। दाहालले आफूलाई प्रधानमन्त्री बनाउन ‘सरदार प्रितम सिंह पटकपटक दिल्ली गएकाे’ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए। उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने जानकारी राष्ट्रियसभा अध्यक्षलाई गराए।
“नैतिकताका आधारमा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने एमाले संसदीय दलको धारणा हिजो हामीले सार्वजनिक गरिसकेका छौँ। आज पनि कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौँ। हामी बाध्य छौँ,” उनले भने, “देशको सार्वभौमिकता, स्वाधीनता र स्वाधीन राष्ट्रलाई आँच आउने गरी यस्तो कुनै व्यक्तिबाट कुरा आउँछ भने त्यो एमालेका निम्ति सह्य हुँदैन।”
सार्वभौमसत्ताको अपमान हुने गरी हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ? भन्दै उनले प्रश्न गरे। “सबैभन्दा ठुलो देश हो। देशको अहित हुने गरी, सार्वभौमसत्ता र स्वाधीन राष्ट्रको अपमान हुने गरी हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ? कसबाट परिचालित हुनुहुन्छ? को बाट निर्देशित भएर चल्नुभएको छ? यो दुःखको कुरा हो,” श्रेष्ठले भने, “यो सदनको कामलाई अगाडी नबढाइयोस्।” राष्ट्रियसभाको बैठक असार २२ गते १२ः२९ मा बस्ने गरी बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
