पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिकै आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री रेखा शर्माले स्पष्ट पारेकी छन्।
काठमाडौँ– पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिकै आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर उनको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरिरहेको छ। दाहालले आफूलाई प्रधानमन्त्री बनाउन ‘सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको’ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको एमालेको ठम्याइ छ। उसले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ।
तर, माओवादी केन्द्रले भने प्रधानमन्त्री दाहालको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभीष्टताबाहेक केही नभएको आरोप लगाएको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिपक्ष भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।
यसैबीच बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाहालले अन्यथा नबलेको दाबी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताएकी छन्।
“प्रधानमन्त्रीज्युले अन्यथा बोलेको हामीलाई लाग्दैन। प्रधानमन्त्रीज्युले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्ने कुरा धेरै पहिलाको हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो। जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार छ। यो उठाउनुपर्ने विषय होइन भन्ने नै प्रमाणित भएको छ, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन। राजीनामा दिनुहुन्न,” उनले भनिन्।
उनले बेकारको विषय उठाएर प्रतिपक्षी दलले संसद्मा विरोध जनाउँदा सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसद्बाट पास गर्न नपाएको आरोप लगाइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
