हाना पहिले नै क्लब एकेडेमीको इन्चार्ज थिइन् र प्रशिक्षक डंकन फर्गुसनको बिदाइपछि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
काठमाडौँ– इंग्ल्यान्डमा महिला फुटबलको लोकप्रियता बढ्दो छ। तर, इंग्लिस फुटबलमा महिलालाई व्यावसायिक पुरुष क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी यसअघि दिइएको थिएन। तर, इंग्लिस फोर्थ डिभिजन क्लब फरेस्ट ग्रीन रोभर्सले पहिलोपटक महिलालाई व्यावसायिक पुरुष क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।
क्लबले आफ्नो टोलीको मुख्य प्रशिक्षकमा हाना डिंलेलाई नियुक्त गरेको हो। हाना पहिले नै क्लब एकेडेमीको इन्चार्ज थिइन् र प्रशिक्षक डंकन फर्गुसनको बिदाइपछि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
फरेस्ट ग्रीनका अध्यक्ष डेल भिन्सले भने, “पुरुष फुटबलमा महिला प्रशिक्षक किन? भनेर बहस हुन सक्छ। तर, हामीले योग्यताका आधारमा हानालाई नियुक्त गरेका छौँ। हामी नयाँ शुरूआत गर्दैछौँ र हाना इंग्लिस फुटबलमा पहिलो महिला मुख्य प्रशिक्षक हुनेछिन्।”
आफ्नो करियरको अर्को पाइलालाई लिएर आफू निकै उत्साहित रहेको हाना बताउँछिन्। “म मेरो करिअरको यो अर्को चरणका लागि साँच्चै उत्साहित छु। प्रि-सिजन भर्खरै शुरू भएको छ र फुल सिजन चाँडै शुरू हुने छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
