प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे-नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिलको भएको बताए।
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले सञ्चार संस्थाको अनुगमन नगर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
एउटा समाचार लेखेको आधारमा सेतोपाटी डट कमलाई स्पष्टीकरण सोधेपछि आयोगको आलोचना भएको थियो। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले आचारसंहिता पालना भए/नभएको मात्र हेर्ने उल्लेख गर्दै कुनै शाखाले त्यस्तो स्पष्टीकरण सोधेको भए सच्याउने बताए।
"कुन चिठी कहिले के लेख्यो भन्ने विषयचाहिँ गौण हुन्। स्पष्टीकरण सोध्न एउटा टिम बनाइएको छ। उहाँहरूले हेर्नु हुन्छ। अनुगमन गर्नु हुन्छ। सिधा सोध्नु हुन्छ किनभने स्पष्टीकरण सोध्नका लागि आयोगले अधिकार प्रत्योजन गरेको छ। कारबाहीचाहिँ आयोगले गर्नुपर्ने भएकाले पछि हुन्छ। हामी त्यसलाई सच्याउँछौँ," उनले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यामले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिलको भएको बताए।
त्यस्तै, प्रमुख निर्वाचन आयुक्त थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न उम्मेदवारलाई पनि सचेत गराए। उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दूषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको बताए। उनले विज्ञलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रहसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
