कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जबेगु मन्त्री नियुक्त

एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन्। दुवैको कार्य विभाजन भने भएको छैन। 

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका हुन्।  

थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। पहिलो चरणमा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका हुन्।

उनीहरूलाई पनि प्रदेश प्रमुख खापुङले शपथ गराएका छन्। मन्त्रीद्वयको कार्य विभाजन भने भएको छैन।