संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशबाट बदर हुनुपर्ने एमालेको माग छ।
काठमाडौँ– गठबन्धन दलले सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च अदालतमा पुगेको छ।
संविधानविपरीत सरकार गठन भएकाले अदालत गएको कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। “हामी रिट ल्याएर सर्वोच्च अदालतमा पुगेका छौँ। यो अहिले दर्ता प्रक्रियामा रहेको छ,” उनले भने, “सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाउने काम भएको छ। यो असंवैधानिक हो।”
संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशबाट बदर हुनुपर्ने एमालेको माग छ। बदर गरी उपधारा ३ अनुसार सरकार गठनका लागि परमादेश जारी गर्नसमेत रिटमा माग गरेको छ।
गठबन्धनले बिहीबार सरकार गठनको दाबी पेस गर्दा सभामुख बाबुराम गौतमको नाम र हस्ताक्षरसहित पठाएको थियो।
सोही अनुसार प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
