एमाले सांसदले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन्।
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सुचारु गराउन एमाले सांसदलाई आग्रह गरेका छन्।
शुक्रबार बसेको राष्ट्रियसभा बैठक पनि एमाले सांसदले उठेर अवरुद्ध पारेपछि बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन पनि संसद् बैठक सुचारु गर्न दिन अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका थिए।
“यहाँहरूले तीन दिनदेखि लगातार यही विषयमा कुरा राख्नु भएको छ। आज माननीयज्यूले एउटा प्रश्न सोध्न चाहन्छु भनेर जिज्ञासा पनि राख्नु भएको छ। सायद त्यो प्रधानमन्त्रीलाई नै प्रश्न होला,” उनले भने, “यसको उत्तर दिन पनि यहाँहरू बसेर प्रधानमन्त्रीलाई यहाँ बोल्ने वातावरण बनाउनु पर्ने हुन्छ। त्यसो भएको हुनाले माननीयज्यूहरू, संसद् सुचारु गरौँ।”
एमाले सांसदले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन्।
विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिन असार २५ र २६ गतेको समय तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
