प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई जनताको जीवनरक्षाका निम्ति गम्भीर बन्न निर्देशन दिएका छन्।
शुक्रबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका हुन्।
“वर्षात्को समयपूर्व नै किन हामी उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ? विपद्जस्तो अत्यन्तै संवेदनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक जन्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ? राहत र पुनः स्थापनामा मानवीय भावनासहितको तदारुकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौँ?” बैठकमा प्रधानमन्त्रीले भने, “यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ।”
मानवीय क्षति पुगेका र घरबारविहीन बनेका परिवारलाई राहत वितरण गर्न, निजी तथा सार्वजनिक संरचना र सम्पत्तिमा गुमेको भौतिक क्षति तथा नोक्सानीको आकलन गर्न, जोखिमयुक्त बस्तीहरूको अध्ययन गर्न र जोखिमयुक्त देखिएका बस्ती स्थानान्तरणसम्बन्धी उपयुक्त प्रबन्ध मिलाउन पनि उनले निर्देशित गरे।
जलवायु परिवर्तनसमेतका प्रभावबाट असुरक्षित संरचना पुनर्निर्माण गर्न र आगामी दिनमा भौतिक संरचना निर्माण गर्दा विपद् जोखिम मूल्यांकन गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्न, मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा निर्धारण गरिएबमोजिमका क्षेत्रका नेतृत्वदायी मन्त्रालयहरूलाई आ–आफ्नो कार्य जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्न निरन्तर समन्वयमा रही काम गर्न उनको निर्देशन थियो।
“प्रदेश र स्थानीय सरकारलाई आ–आफ्नो स्वायत्तता र विशेषतासहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आवश्यक नीति, कार्यक्रम र कार्ययोजना निर्माणका लागि आवश्यक समन्वय गर्नसमेत यसै बैठकमार्फत आग्रह गर्दछु,” उनले भने “विपद्को घडीमा आवश्यक सक्रियताका साथ सहयोग र सहकार्यका लागि सबै सरकारी निकायहरू, गैरसरकारी तथा निजी क्षेत्र र दातृ निकायहरू समेतमा अपिल गर्दै आवश्यक सहकार्य र सहयोगका लागि नेपाल सरकार तत्पर रहेको प्रतिबद्धतासमेत व्यक्त गर्दछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
