श्रीलंकाले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई यातायात सञ्जालको विकास गर्ने भएको छ।
श्रीलंकाले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई यातायात सञ्जालको विकास गर्ने जनाएको छ। श्रीलंकाका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन्।
“श्रीलंकाले उच्च स्तरीय पर्यटकलाई आकर्षित गर्न विभिन्न विमानस्थललाई जोड्ने आन्तरिक हवाई यातायात सञ्जाल विकास गर्न लागेको छ,” उनले भने।
बन्दरनाइके अन्तर्राष्ट्रिय विमानस्थल, मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थल, जाफना अन्तर्राष्ट्रिय विमानस्थल र ट्रिन्कोमाली र बत्तिकालोवाका आन्तरिक विमानस्थललाई यस कार्यक्रमअन्तर्गत जोडिने उनले बताए।
आन्तरिक हवाई यातायात सञ्जालको विकास गरेमा सम्पन्न तथा बढी खर्च गरी सेवा लिन चाहने पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो।
मन्त्री डी सिल्भाले पछिल्लो समय केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले श्रीलंकामा उडान बढाएको जानकारी दिए। पर्यटन यो दक्षिण एशियाली मुलुकको लागि एक महत्वपूर्ण विदेशी मुद्रा कमाई हो। सम्पन्न र स्तरीय पर्यटकहरू आकर्षित गर्नु स्थानीय पर्यटन उद्योगको लागि एक महत्त्वाकांक्षी लक्ष्य हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
