गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमुना स्वीकृत भएपछि ककनीस्थित वेभ नेपाल प्रालिले जेठदेखि निर्यात गर्न थालेकाे कम्पनीले जनाएकाे छ।
काठमाडौँ– ककनीको पानी हङकङ र मकाउ निर्यात हुन थालेको छ।
डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा पानी निर्यात थालेका हुन्।
गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमुना स्वीकृत भएपछि कम्पनीले गत जेठदेखि निर्यात थालेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए।
हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत पानी पठाउन थालिएको उनले बताए। “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि १०० रुपैयाँ पर्छ।
नेपालबाट निर्यात हुने तुलनात्मक रूपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ,” उनले भने, “यद्यपि प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय गर्छौँ।”
पहिलो चरणमा कन्टेनरमा एक हजार १०० कार्टुन पानी हङकङ निर्यात भइसकेको छ। तत्कालका लागि हङकङ र मकाउमा मासिक १० कन्टेनर पानी निर्यात गर्न सकिने सम्भावना छ।
सामान्यतयाः यहाँबाट पानी हङकङ पुग्न ४० दिन लाग्ने उनले सुनाए। अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग छ।
माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना छ। सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ।
“बंगलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ,” उनले भने, “त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि छलफल भइरहेको छ।” कम्पनीले काठमाडौँको तारकेश्वर–३ मा १२ करोड रुपैयाँ लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ।
सञ्चालकमा विकास खत्री, शालिग्राम ढुंगाना, पुनकाजी महर्जन र राजु रिमाल छन्। सन् २०१७ देखि वेभ नेपाल सञ्चालन गरेका हुन्। कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ।
पानी शुद्धीकरणमा ‘ह्युमन ह्यान्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने खत्रीले बताए।
“एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर दुई हजार ८०० देखि तीन हजार डलर पर्ने अनुमान छ। २० फिटको कन्टेनरमा एक हजार १०० कार्टुन पानी अट्छ। ३००, ५०० र एक लिटरको बोतलमा निर्यात भइरहेको छ,” उनले भने।
कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार ६७० फिट उचाइमा रहेको ककनीमा पर्छ। स्प्रिङ वाटरको महत्त्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ।
हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछा पालनका लागि पनि योग्य मानिन्छ। नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ।
“हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ। जसले पानीको मूल्य बढी पर्छ,” उनले भने। कम्पनीमा हाल ५०० जनाले रोजगारी पाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
