बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ।
मान्म– कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा ३११ जना बिरामी परेका छन्।
बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ।
अज्ञात रोग फैलिएको जानकारी पाएपछि जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालबाट चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ। बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिरहेकाे जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए।
“गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ,” उनले भने, ‘नौ जना बिरामीको रगतको नमुना संकलन गरेर सुर्खेत पठाइएको छ।”
अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टंकप्रसाद आचार्यले जानकारी दिए।
“१९४ महिला र ११७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरिसकेका छौँ,” उनले भने, “उपचार गर्न आउने २०६ जना १५ वर्षमुनिका छन्।”
सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा. आचार्यले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
