कांग्रेस महामन्त्री गगन थापाले अहिले देशका लागि आफू या आफ्नो पुस्ताको प्रधानमन्त्री आवश्यक रहेको बताउँदै पुनः कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने बताएका छन्।
काठमाठौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन्। शनिवार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ।”
पार्टी नेतृत्वबाट असन्तुष्ट कांग्रेस महामन्त्री थापाले यसअघि आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्नतर्फ लाग्ने धारणा राख्दै बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताएका थिए। उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने विषय जनतालाई पहिला नै थाहा हुने भइसकेको बताउँदै उनले पूर्वप्रधानमन्त्रीबाट नै पुनः प्रधानमन्त्री बन्ने पद्धति फेर्नुपर्ने धारणा राखे।
आफ्नो संसदीय दलको नेता बदल्ने आफ्नो प्रयास जारी रहेन उनको भनाइ थियो। “म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिश गरेको हो। मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ। तर म थाकेको छैन, हारेको छैन, नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यस कारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु। सके बदल्छु,” उनले भने।
महामन्त्री थापाले कार्यक्रममा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र कसरी बदलिन्छन् भन्नेभन्दा पनि कांग्रेसलाई बदल्ने प्रयास गर्नुपर्ने बताएका थिए। कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को शुरू गर्न जरुरी रहेको बताए। सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
