अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा उल्लेख गरिएको दाबी गरे।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा मौद्रिक नीतिमार्फत उद्योगी व्यवसायीको गुनासो सम्बोधन हुने आश्वासन व्यक्त गरेका हुन्।
अर्थमन्त्री महतले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे। कोभिड–१९ लगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घटने कुराले ठूलो राहत हुने उनको भनाइ थियो।
“अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ। त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्तालिकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु। सायद, केही न केही सम्बोधन होला। त्यसले गर्दा खेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ। केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ,” उनले भने।
अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरूको खपतमा जोड दिन पनि आमउपभोक्तालाई आग्रह गरे। उनले कृषिवस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीको पनि प्रशंसा गरे।
अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको दोहोर्याए। उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए।
अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दाबीसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
