रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइ छ।
काठमाडौँ– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन्। दलाल पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रूपमा आएको रास्वपाको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो।
पार्टीनिकट कानूनी व्यवसायीको संगठन ‘समाजवादी पेसागत कानून व्यवसायी संगठन’ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको तर्कसमेत गरे।
“अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ। स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ। तिनको पनि त्यही हविगत हुन्छ। किनभने, ती कसैले पनि यो दलाल पुँजीवादमाथि कसैले प्रश्न उठाएका छैनन्,” उनले भने। उनले मुलुकमा रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने जिकिर गरे।
महासचिव भुसालले दलाल पुँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे। उनले आफ्नो पार्टी मात्रै दलाल पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबीसमेत गरे।
महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले पार्टीनिकट कानून व्यवसायीलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया–तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
