स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए।
निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो समय योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन्। सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले नेटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए।
“ईयूको स्थापना अन्तर–युरोपेली द्वन्द्वबाट बच्न भएको हो, ईयूका सदस्य राष्ट्रले यो हासिल पनि गरेका छन्, तर हामी अमेरिकी सैन्य हस्तक्षेपबाट मुक्त हुन सकेनौँ,” युरोपेली देशका विदेश नीतिका कारण संयुक्त राज्य अमेरिका र उसका नेटो सहयोगीको सशस्त्र सैन्य हस्तक्षेपप्रति विमति जनाउँदै उनले भने।
नेटो संयुक्त राज्य अमेरिका र पश्चिमी पुँजीवादी गुटको सशस्त्र शाखा बनेको, शीतयुद्धको अन्त्यपछि नेटोले आफूखुशी हस्तक्षेप र बमबारी गर्न थालेपछि युद्ध र क्षेत्रीय द्वन्द्व बढेका, निःशस्त्रीकरण र शान्तिसम्बन्धी विषयमा पैरवी गर्ने बार्सिलोनामा मुख्यालय रहेको स्वतन्त्र अनुसन्धान केन्द्रका विज्ञ ओर्टेगा ठोकुवा गर्छन्। शीत युद्धको अन्त्य पछि नेटोले नयाँ शत्रुहरू खोजिरहेको उनले बताए।
नेटोले पूर्वसोभियत संघका नेता मिखाइल गोर्बाचेभलाई रुसको सिमानामा विस्तार नगर्ने वाचा गरेको तर त्यसलाई उसले पूरा नगरेको आर्टेगाको भनाइ छ। सन् १९९० को दशकदेखि नेटोको पूर्वतर्फ विस्तार र यसले रुसमाथि थपेको दबाबका कारण युक्रेन संकट निम्तिएको उनी बताउँछन्।
ओर्टेगाका अनुसार विस्तारवादी नीतिको अधिकांश देशहरूले विरोध गरिरहेका छन्। विश्वलाई अझ खतरनाक ठाउँ बनाउनु र टकरावतर्फ अघि बढ्नुको सट्टा साझा सुरक्षाको ग्यारेन्टी गर्ने साझेदारीतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले संयुक्त राष्ट्रसंघीय र अन्तरराष्ट्रिय समुदायले अवलम्बन गर्नुपर्ने बाटो पनि त्यही भएको तर्क गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
