नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपरान्ह ४ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।

फाइल तस्वीर

भरतपुर– पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ।

अवरुद्ध भएको ९ घण्टापछि आइतबार बिहान सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपरान्ह ४ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।

तीन एक्साभेटर र जेसीभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। रोकिएका सवारीसाधन र यात्रु बिहानदेखि गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध उनको अनुरोध छ। यस सडक खण्डमा असार महिना लागेपछि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन्। सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।