हत्या गरिएका नसरत अहमद यारले तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका थिए।
अमेरिकाको वासिङ्टन डिसीमा एक अफगान दोभासेको गोली हानी हत्या गरिएको छ।
सन् २०२१ मा परिवारसहित अफगानिस्तानबाट अमेरिका बसाइँ सरेका नसरत अहमद यारको हत्या भएको हो। गोली प्रहारबाट घाइते उनको उपचारका क्रममा मृत्यु भएको सीएनएनले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा उनलाई गोली हानेको केही समयपछि चार जना व्यक्ति घटनास्थलबाट भागेको देखिएको छ। शंकास्पद व्यक्तिको नाम भने खुलाइएको छैन।
प्रहरीले आक्रमणकारी पक्राउ गर्ने वा सूचना दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
३१ वर्षीय यारले तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका थिए।
अफगान सरकार ढलेपछि आफ्नो परिवारलाई अमेरिका ल्याएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
