कानुनमन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्ने कार्यसूची छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण निरन्तर अवरोध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दै छ।
संघीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुने कार्यसूची छ। संसद् सचिवालयका अनुसार आइतबारको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ टेबुल हुनेछ।
कानुनमन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन्। यस्तै, उनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची छ।
छलफल भएपछि विधेयकमाथि संशोधनलाई आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई एमालेले संसद्का दुवै सदनमा अवरोध जारी राखेको छ।
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने एमालेको अडान छ। सभामुख देवराज घिमिरेले सदन सुचारु गर्न सत्ता र प्रतिपक्षबीच संवाद गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
