चुनावमा हिंसा हुन सक्ने आकलनका साथ एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिए पनि उनीहरू निरीह देखिएको बताइएको छ।
भातरको पश्चिम बंगालमा शनिबार पञ्चायत चुनावको मतदानको क्रममा झडप हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ।
राज्यका विभिन्न स्थानमा भएको हिंसात्मक घटनामा १०० जनाभन्दा बढी मानिस घाइते भएका छन्। मृतकको संख्या बढी हुन सक्ने बीबीसी हिन्दीमा समाचार छ।
मारिनेमध्ये ७ जना सत्ताधारी त्रिणमूल कंग्रेसका कार्यकर्ता हुन्। बाँकी ६ जना भारतीय जनता पार्टी, कांग्रेस आईलगायत पार्टीका कार्यकर्ता छन्।
तृणमूल कांग्रेसले भाजपा, कांग्रेस आई र सीपीएमले राज्यको सत्तारूढ दललाई बदनाम गर्न हिंसा भड्काएको आरोप लगाएको छ। मुर्सिदावाद, कुचबिहार, पूर्वी बर्दवानलगायत जिल्लाका ६० भन्दा बढी मतदानस्थलमा झडप भएको थियो।
चुनावमा हिंसा हुन सक्ने आकलनका साथ एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिए पनि ती सुरक्षाकर्मी निरीह देखिएको समाचारमा उल्लेख छ। हिंसा भड्किएपछि राज्यको मुख्य विपक्षी दल भाजपाले चुनाव रद्द गर्न माग गरेको छ।
पश्चिम बंगालमा शनिबार एकै चरणमा पञ्चायतको निर्वाचन भएको थियो। २० जिल्लामा तीन चरण तथा दार्जिलिङ र कालिम्पोङमा दुई चरणको निर्वाचन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
