प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।
काठमाडौँ– संघीय संसद्का दुवै सदनको अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल भएको छ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भइरहेको हो।
प्रधानमन्त्री दाहालले हालै दिएको एक अभिव्यक्तिको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गरिरहेको छ। एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ।
अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ। यस्तै, अन्य महत्त्वपूर्ण विधेयकसमेत अगाडि बढ्न सकेका छैनन्।
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
