राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर अवरोध गरेर मात्रै समाधान नहुने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत एमाले सांसद नबसेपछि बैठक स्थिगत गरेका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेले आइतबार पनि राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ।
अवरोधका कारण विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ। आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो। बैठक प्रारम्भ हुने बित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए।
एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म अवरोध कायमै रहने बताइन्। एमालेले सोही विषयलाई लिएर चार दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै आफ्नो विचार राखेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे।
“म फेरि यहाँहरूलाई बस्न आग्रह गर्छु। संवादबाट नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ,” उनले भने, “हामीले आफ्ना विषयलाई उठाउने र सँगसँगै संसद्को नियमित कारबाहीलाई पनि अगाडि बढाउँदा नै ठिक ठाउँमा पुग्न सक्छौँ। त्यसले राष्ट्रियसभाको गरिमा बढाउँछ।”
राष्ट्रियसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
