कुल ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार मूल्यमा खरिदबिक्री भएका छन्।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.३८ अंकले उकालो लागेर २०७७.७६ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अंकले उकालो लागेर ३८८.५१ मा पुगेको छ। त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ। कुल ८३ लाख ५२ हजार ५७६ कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार ९६१ मूल्यमा खरिदबिक्री भएका छन्।
कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार बराबरको कारोबार भएको छ। शिवम् सिमेन्ट १६ करोड ३६ लाख ५१ हजार १४३, सोल्टी होटल १४ करोड आठ लाख ४८ हजार ८२६, अरुण काबेली पावर १२ करोड एक लाख ९८ हजार ९३६ र माथिल्लो तामाकोशी १० करोड ६२ लाख ६८ हजार ४४३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, रावा इनर्जी ९.९८, सिटी होटल ९.५१, प्रभु बैंकको ऋणपत्र ८.२२, सनराइज बैंकको ऋणपत्र ८.२१ र सिटिजन म्युचुअल फन्डका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन्।
त्यस्तै, माथिल्लो तामाकोशी ६.६५, बीपीडब्ल्यू लघुवित्त ४.४३, लिवर्टी इनर्जी ३.६०, जोशी हाइड्रोपावर ३.४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
