नेपाली कांग्रेस सांसद आरजु राणा देउवालाई रकम बुझाएको भन्ने अडियोको स्वर दाङका सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ।
काठमाडौँ– नेपाली कांग्रेस सांसद आरजु राणा देउवालाई रकम बुझाएको भन्ने अडियोको स्वर दाङका सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवालाई रकम बुझाएको भन्ने अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। उनले आफूलाई बनदाम गराउनका लागि फेक अडियो सार्वजनिक गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै भोटाहिटीस्थित साइबर ब्युरोमा उजरी दिएकी थिइन्।
उनले दिएको उजुरीका आधारमा प्रहरीले परीक्षण गर्दा उक्त अडियो नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रहेका दाङका शर्माको आवाजसँग मिलेको हो। आरजुले गत वैशाख २७ गते दिएको उजुरी दिएको आधारमा परीक्षण गर्दा अडियो शर्माको स्वरसँग मिलेको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार उजुरी छानबिनको प्रगति रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएका छन्।
“मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा 'स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच' भनी उल्लेख भएको जुन स्वर (भ्वाइस) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको 'कन्ट्रोल स्याम्पल'सँग मेल खाएको,” जानकारीमा भनिएको छ “कहाँ र कसबाट 'ओरिजिनेट' भएको भन्ने सम्बन्धमा 'टिकटक' सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको।”
अगाडि भनिएको छ, “निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
