नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रितम सिंहबारेको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन्।
आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताएका हुन्।
उनले प्रधानमन्त्रीले संसद्, सांसदहरू र नागरिकको आत्मसम्मानमा असर पुर्याउने गरी बोल्न नमिल्ने बताए।त्यस्तै, कांग्रेस महामन्त्री शर्माले प्रतिपक्ष नेकपा एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए।
उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए। उनले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनी विगतमा एमाले नेतृत्वको सरकारका पालामा भएका घटनाहरू स्मरण गराए।
“हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदा खेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो। त्यसबेलै राजीनामा हुन्थ्यो होला। जनताद्वारा निर्वाचित संसद्ले पाँच वर्ष काम गर्ने भनेको बीचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला। राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनु हुँदैन,” उनले भने।
त्यस्तै, सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छटपटी देखाएको बताए। उनले प्रधानमन्त्रीको राजीनामा माग गरेको एमाले पुनः पछि हटेको बताए। उनले एमालेले परिपक्व राजनीति नगरेको बताए।
“एमाले सत्तामा जान नपाएर छटपटिएको छ। कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ, कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ। फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ। फेरि थचक्क बस्छ। अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने बेला भइसकेको छ। त्यसैले यो आक्रमण उहाँमाथिको भन्दा पनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो,” उनले भने।
कांग्रेस सांसद राजन केसीले संसद्लाई बन्द गर्नु जनताको मुख बन्द गर्नुभएको टिप्पणी गरे। संसद्लाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताए।
“व्यवस्थापिका सांसद भनेको जनतासँग प्रत्यक्ष वार्ता गर्ने थलो पनि हो। समस्या समाधान गर्ने थलो पनि हो । त्यसलाई बन्द गर्नु भनेको जनताको मुख बन्द गर्नु हो। उहाँहरूको रणनीति कुनै पनि कुरामा संसद् बन्द गरिहाल्ने यो ठीक होइन,” उनले भने। उनले निरन्तर संसद् बैठक अवरुद्ध गर्नु नहुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
