ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई विमानस्थलबाट पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ।
उनलाई काठमाडौँबाट विराटनगर जाने क्रममा केहीबेर अघि पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। प्रकरणमा उनको पनि संलग्नता देखिएपछि प्रहरीले पक्राउ गर्नका लागि पुर्जी लिइसकेको थियो। सोही क्रममा आइतबार उनी विराटनगर जाने क्रममा विमानस्थलबाट नै नियन्त्रणमा लिएको हो।
सीआईबीको अनुसन्धानका क्रममा सचिव राउत शाखा अधिकृत हुँदा २०६६/०६७ मा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा टिप्पणी उठाउने काममा संलग्न रहेको खुलेको छ।
प्रहरीले आइतबार नै समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक धुव्रप्रसाद अर्याललाई पनि पक्राउ गरेको छ।
यसअघि यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायत ९ जना पक्राउ परिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
