रास्वपाका सभापति रवि लामिछानेले प्रमुख तीन राजनीतिक दलहरूले संसद्मा सिन्डिकेट चलाउन खोजेको आरोप लगाएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रमुख तीन राजनीतिक दलहरूले संसद्मा सिन्डिकेट चलाउन खोजेको आरोप लगाएका छन्।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सभापति लामिछानेले संसद्मालाई कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले सिन्डिकेट चलाउन खोजेको बताएका हुन्। उनले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र नमिल्दा नचल्ने स्थिति देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
सदन तीन नेताको होइन भन्दै उनले भने, “सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कैयौँ सवालमा कुराकानी गर्नुपर्नेछ। उहाँहरूको सल्लाह मिल्यो भने संसद् चल्ने भयो, नमिल्दा खेरी संसद् नचल्ने भयो। संसद्मा स्वतन्त्र रूपमा जितेर आउनुभएको माननीयज्यूको पनि उत्तिकै भूमिका रहन्छ। संसद्लाई संसद्जस्तो बनाउनुपर्छ। सरकार अथवा ठूला दलहरू बीचको भागबन्डाको विषय नै होइन संसद्। प्रमुख तीन दलले संसद्लाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो,” उनले भने
उनले सबै मिलेर संसद्को मर्यादा, गरिमालाई जोगाउनुपर्ने बताए। उनले सरसल्लाहमा मात्रै मुद्दाहरू संसद्मा लिएर आउन पनि आग्रह गरे।
सभापति लामिछानेले फरक प्रसंगमा आफूहरू मिटरब्याज पीडितहरूको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताए। आफूहरू मिटरब्याज पीडितका लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उनले अन्तिम दिनमा संसद्मा ल्याउनु नै सरकारको गल्ती भएको टिप्पणी गरे। उनले आफूहरू संसद् सुचारु रूपमा चलोस् र प्रधानमन्त्रीले संसद्बाट जवाफ दिनुपर्ने पक्षमा रहेको स्पष्ट पारे।
सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरूले बोलेपछि सभामुखले आफूहरूलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताए। उनले रास्वपाको आफ्नै अडान र मुद्दाहरू रहेको उल्लेख गर्दै त्यसमा आफूहरू अडिग रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
