इमर्जिङ टिम्स एशिया कप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने आरिफ शेख पाँचौँ सिनियर खेलाडी हुन्। उनको स्थानमा राखिएका पवन सर्राफले विगतमा राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
काठमाडौँ- अलराउन्डर आरिफ शेख एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्ने नेपाली टोलीबाट बाहिरिएका छन्। उनको स्थानमा अब अर्का अलराउन्डर पवन सर्राफलाई टोलीमा समावेश गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत आरिफको स्थानमा पवनलाई टोलीमा समावेश गरिएको जनाएको छ। आरिफले व्यक्तिगत कारण देखाएर नाम फिर्ता लिएको क्यानले जनाएको छ। उनका भाइ आसिफ शेख भने टोलीमा छन्।
आरिफ र पवन दुवै मध्यक्रमका ब्याटर हुन्। आरिफ रक्षात्मक शैलीमा खेल्छन् भने पवन आक्रामक शैलीमा खेल्छन्। त्यसैगरी आरिफ मध्यगतिका बलर हुन्। पवन दायाँहाते अफ स्पिनर हुन्।
यसअघि नै राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका पवनको भूमिका 'फिनिसरको' थियो। उनले २०१९ जनवरी २५ मा युएईविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए। अहिलेसम्म उनले आठ ओडीआईमा सात इनिङ्स ब्याटिङ गरेर ३१ रन मात्र बनाउन सकेका छन्। उनले अधिकांश सातौँ र आठौँ नम्बरमा ब्याटिङ गरेका छन्। तर, सफल छैनन्। ओडीआईमा उनको उच्च रन १० हो। एकपटक ओपनिङको मौका पाउँदा उनले २ रन मात्र बनाए।
बलिङतर्फ पनि उनको भूमिका प्रभावकारी छैन। उनले ६ इनिङ्समा ४ विकेट लिएका छन्। टी२० मा १७ खेलमा १० इनिङ्स बलिङ गरेका उनले जम्मा ३ विकेट लएका छन्। ब्याटिङतर्फ १६ इनिङ्समा १२७ रन बनाएका छन्।
इमर्जिङ टिम्स एशिया कपमा आरिफसहित पाँच सिनियर खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी फ्रन्चाइज लिग खेल्न क्यानडा जाँदैछन्। ज्ञानेन्द्र मल्ल र करण केसीलाई भने विश्राम दिइएको छ।
यो प्रतियोगिताका लागि देव खनाल, सन्दीप जोरा र मौसम ढकाललाई पुन: टोलीमा बोलाइएको छ। बायाँ हाते सूर्य तामाङलाई पनि टोलीमा समावेश गरिएको छ। प्रतियोगितामा एशियाका टेस्ट खेल्ने देशसहित यूएई र ओमनका 'ए' टिमले भाग लिँदैछन्। नेपालले भने राष्ट्रिय टोली पठाउन लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
