प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ। प्रतिनिधिसभाको बैठक भने सोमबार नै बस्दैछ।
काठमाडौँ- सोमबार बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभाको बैठक एक दिन सारिएको छ।
बैठक अब मंगलबार ११:१ बजे बस्ने छ। बैठक सूचना निकालेर सारिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ। एमालेलगायत प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गर्दै आएका छन्।
सदन खुलाउने विषयमा आइतबार प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो। प्रधानमन्त्रीले जवाफ दिने सहमतिसमेत भएको थियो। तर, असार २१ गते प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिलाई लिएर एमाले फेरि रुष्ट बनेको छ।
प्रतिनिधिसभाको बैठक भने आज सोमबार नै बस्दैछ। अपराह्न ३ बजे बस्ने बैठकबाट मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
