सदनको गतिरोध हटाउन सिंहदरबारमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधन गर्ने र आफ्नो अभिव्यक्ति लगायतका विषयमा प्रस्ट पार्ने भएपछि एमाले संसद् सुचारु गर्न दिन सहमत भएको छ।
प्रधानमन्त्री दाहालसहित तीन शीर्ष नेताबीच भएको सहमतिअनुसार संसद् सुचारु हुने भएको हो। सोमबारका लागि प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ।
सदनको गतिरोध हटाउन सिंहदरबारमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
एमाले अध्यक्ष ओली सिंहदरबारमा बैठक सकेर निस्किँदै गर्दा बैठकका भएका सहमतिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ‘संसद्मा थाहा हुन्छ’ भन्ने जवाफ दिएका थिए। संसद् खुलाउने विषयमा आइतबार पनि शीर्ष नेताले छलफल गरेका थिए।
प्रधानमन्त्री दाहालले केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको भनी अभिव्यक्ति दिएपछि प्रतिपक्षले आपत्ति जनाउँदै सदन अवरुद्ध पार्दै आएको छ। एमालेले प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
