कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८० अंकले ओरालो लागेर २०७६.९६ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ अंकले बढेर ३८८.६२ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार ३३५ कित्ता शेयर तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ मूल्यमा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ। सो कम्पनीको ३३ करोड १२ लाख ९० हजार ९१२ मूल्यमा कारोबार भएको छ।
सोमबारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाख ८६ हजार ९९२, प्राइम बैंक २४ करोड ८९ लाख ५० हजार ५००, शिवम् सिमेन्ट १५ करोड ५१ लाख ५३ हजार ६१८ र सिटी होटल नौ करोड एक लाख ६२ हजार ७६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य ७.२३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य ६.७९ प्रतिशत र अरुण काबेली पावरको शेयर मूल्य ६.५४ प्रतिशतले बढेको छ। नेप्सेका अनुसार नेपाल फाइनान्सको शेयर मूल्य ६.३६ प्रतिशतले बढेको छ।
सोमबारको कारोबारमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य ६.३४, सिटी होटलको ६.२६, सिद्धार्थ इक्विटी फन्ड ५.८०, सुपर मादी हाइड्रोपावर ५.०७ र बलेफी हाइड्रोपावरको शेयर मूल्य ४.७६ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
