सार्वजनिक स्थानमा धूमपान र मद्यपान सेवन गर्ने र अन्यलाई पनि उत्ति नै असर गर्ने हुँदा अभियान शुरू गर्न लागिएको हो। सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिनेछ।
काठमाडौँ– आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धूमपान र मद्यपान सेवन गर्न नपाइने भएको छ।
पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम शुरू गर्ने भए पनि यसलाई क्रमिक रूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको महानगरले जनाएको छ। उक्त अभियान महानगर र बानेश्वर व्यापार संघले संयुक्त रूपमा गर्न लागेका हुन्।
संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरू गरेको हुनाले धूमपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट थाल्ने भएको हो।
मंगलबारदेखी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिए।
सार्वजनिक स्थानमा धूमपान र मद्यपान सेवन गर्ने र अन्यलाई पनि उत्ति नै असर गर्ने हुँदा यस किसिमको अभियान शुरू गर्न लागिएको हो। धूमपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिनेछ।
एक वर्षअघि पनि कामपाले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो, तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः शुरू गर्न लागिएको हो।
सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्छ।
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ।
क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
