स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुने अवस्थामा पुगेका छन्।
ढोरपाटन– डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पिँढीको एक छेउ ढुंगाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे।
स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे। अहिलेको जस्तो ठाउँठाउँमा मिल थिएनन्। जब गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा मिल सञ्चालन गर्न थाले।
मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व हराउँदै गएको निसीखोला गाउँपालिका–७ का देवबहादुर पुन मगरले बताए। अहिले गाउँको कुनै पनि कुनामा ढिकी जाँतो भेट्टाउन सकिन्न। बरु घरघरमा विद्युतीय मिल भेटिन थालेका छन्।
स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो। बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुँदै गएका छन्।
ढिकी जाँतो अहिलेका पुस्ताले चिन्नसमेत छोडिसकेका छन्। खोलाको ढुंगालाई मिस्त्रीले कलात्मक रूपमा कुँदेर जाँतो बनाउँथे। काठको टुप्पोमा फलामको काँज लगाई भुइँमा पक्की ढुंगाको ओखल बनाई ढिकी बन्थ्यो।
पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्थ्यो। अहिले यो प्रचलन हराइसकेको छ। यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन्। नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति बूढापाका दुःखेसो पोख्छन्।
नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरूको पालाका ढिकी, जाँतो र ओखल हराउँदै गएको मगरको भनाइ छ। मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनले सुनाए।
“पहिले–पहिले ढिकी जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो। मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन। मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यसभित्र हुने पौष्टिकतत्व पनि नष्ट गरिदिँदो रहेछ,” उनले भने, “अहिले त खाँदाखाँदै बानी पर्यो।”
अर्का स्थानीय तिलबहादुर सुनारले अहिले गाउँमा कसैको घरमा पनि ढिकी जाँतो नभएको बताए। नयाँ पुस्ताले ढिकी कुट्न र जाँतो पिस्न गाह्रो मान्ने हुँदा यस्ता परम्परागत सामग्रीको अस्तित्व संकटमा पर्दै गएको हो। पहिले आफ्नो परिवार ११ जनाको हुँदा घरमा दुईवटा जाँतो र एउटा ढिकी रहेको स्मरण गर्दै पालैपालो आँटो पिठो पिसेर उपभोग गरेको सुनारको भनाइ छ।
उनका अनुसार पहिले ढिकीमा आँटो, पिठो र सातु पिस्ने गरिन्थ्यो भने ढिकीमा चामल, जौँ र गुन्द्रुक बनाउनका लागि मुला कुट्ने गरिन्थ्यो। खासगरी तिहारको बेला ढिकी जाँतो बढी प्रयोग हुने गरेको थियो। तिहारको बेला ढिकीमा कुटेको चामलको पिठोले टीका लगाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने गरेको स्मरण गर्दै अहिले त्यो प्रचलनसमेत हराएको सुनारको भनाइ छ।
मिलले कुटानी पिसानीका लागि सहज बनाइदिनुका साथै समयको बचतसमेत भएको स्थानीय ७३ वर्षीया शोभाकुमारी क्षेत्रीले बताइन्। पहिले पानीघट्ट तथा जाँतोमा आँटो पिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानी पिसानीको लागि जाने गरेको उनको भनाइ छ।
“घट्ट सञ्चालकले मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट थोरै महसुल उठाउने गर्थे। त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए,” उनी भन्छिन्, “मिलले ढिकी जाँतो र घट्टले भन्दा छिटो कुट्ने पिस्ने काम गरेर होला, पहिले निकै चलेको घट्ट अहिले जीर्ण बनेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
