भक्तपुरको थिमीस्थित कोरियामैत्री अस्पतालसँगै १५० शय्याको अस्पताल बनाउन कोरियाले सहयोग गर्ने भएको हो। अस्पताल सन् २०२७ सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको छ।
काठमाडौँ– गणतन्त्र कोरियाले भक्तपुरको थिमीमा १५० शय्याको अस्पताल बनाउन ९।५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ।
अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच सहयोग गर्ने सहमति भएको हो। अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते–योङले सहमति पत्रमा हस्ताक्षर गरे।
गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार तथा कर्मचारीको क्षमता अभिवृद्धि र विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका अस्पताल बनाउन लागिएको हो।
सन् २०२७ सम्ममा निर्माण गरिसक्ने लक्ष्य रहेको छ। कोरियासँग भक्तपुरका जोखिममा रहेका जनतालाई स्वास्थ्य पहुँच दिनेगरी अस्पताल निर्माण गर्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको अर्थसचिव पोखरेलले बताए। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि उनले कोरिया सरकारलाई धन्यवादसमेत दिए।
नेपालका लागि कोरियाली राजदूत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताए। परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न नेपाल सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरेको धारणा राखे।
सम्झौता अनुसार कोइकाले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल नजिकको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
