डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो।
काठमाडाैँ– विभागीय टोली त्रिभुवन आर्मी क्लबले एशियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप खेल्ने भएको छ।
डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआईआईएफ)को आयोजनामा हुने प्रतियोगितामा २७ वर्षपछि विदेशी टिमलाई सहभागी गराउन लागिएको हो।
प्रतियोगितामा त्रिभुवन आर्मीबाहेक भुटान सर्भिस र बंगलादेश आर्मीले पनि सहभागिता जनाउने छन्। यसपपटक प्रतियोगिताको १३२ औँ संस्करण हुन लागेकाे हाे। यो प्रतियोगिता अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म भारतको कोलकातामा आयोजना हुनेछ। प्रतियोगितामा इन्डियन सुपर लिग (आईएस), आई लिगका क्लबसहित २४ टिमले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ। आर्मी रहेको समूह ‘ई’मा आईएसएल क्लब हैदरावाद एफसी र चेन्नईयिन एफसी रहेका छन्। यस्तै, आई लिगको दिल्ली एफसी पनि यसै समूहमा छ। समूहका विजेता र उपविजेता नकआउट चरणमा पुग्ने छन्।
प्रतियोगिताको विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने छ। डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो।
फाइनलमा बेंगलुरुले मुम्बई एफसीलाई १-० गोलअन्तरले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
