राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले अहिलेको बजेट आशावादी नरहेको र आवश्यकताअनुसार नआएको दाबी गरिन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरेकी छन्।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले तीन जिल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन्।
“हामीले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन होस् भनेका छौँ, तर तीन जिल्लाको कुरा मात्रै आए, सच्चिएर आयो कि आएन, प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन?” उनले भनिन्।
उनले अहिलेको बजेट आशावादी नरहेको र आवश्यकताअनुसार नआएको दाबी गरिन्। अहिलेको बजेट निर्वाचन क्षेत्रकेन्द्रित रहेको र अर्को पटक आफैँलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने उनको तर्क थियो।
“अहिले पनि यो बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ,” उनले भनिन्, “जनताको लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ।”
राष्ट्रियसभा सदस्य राईले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
