काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूविरुद्धको मुद्दामा वारेश राख्न अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए।
काठमाडौँ– अदालतको अवहेलना मुद्दामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सर्वाेच्च अदालतले मंगलबार वारेश राख्ने अनुमति दिएन।
सर्वाेच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले मुद्दाको तारिख खेप्न शाहले गरेको माग अस्वीकार गरेको शाहको विपक्षमा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए।
अधिवक्ता वर्षाकुमारी झाले असार १५ गते मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएकी थिइन्। शाहले मुद्दामा वारेश राख्न अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए।
जेठको अन्तिम सातातिर हिन्दी सिनेमा ‘आदिपुरुष’मा ‘सीता भारतकी पुत्री हुन्’ भन्ने आशयको संवाद राखिएको भन्दै मेयर शाहले महानगरभित्रका हलहरूमा हिन्दी भाषाका कुनै पनि चलचित्र चल्न नदिने घोषणा गरेका थिए।
नेपाल चलचित्र संघले ‘आदिपुरुष’ चल्न बन्देज लगाए पनि अरू हिन्दी चलचित्र चल्न दिनुपर्ने माग राखेको थियो। तर, महानगरले नमानेपछि शाहविरुद्ध संघले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो ।
अदालतले ‘आदिपुरुष’ लगायतका अरू हिन्दी चलचित्र चलाउन दिने आदेश जारी गरिदिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
