२०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। २०२४ जनवरीदेखि पेट्रोल पनि पाइपलाइनबाट नै ल्याउने निगमको लक्ष्य छ।
वीरगन्ज– मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ४० प्रतिशत काम सकिएको छ।
बाँकी काम तीव्र रूपमा भइरहेको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए।
भारतीय आयल निगमबाट बाराको अमलेखगन्जस्थित डिपोमा चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माणका भइरहेको उनको भनाइ छ।
यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माणको काम अघि बढेको छ। सन् २०२३ भित्र पूर्वाधार निर्माण सक्ने गरी लिखिता इनफ्रास्ट्रक्चर प्रालिले काम गरिरहेको छ। दुई पेट्रोल ट्यांकमध्ये एउटा नेपाल आयल निगम र अर्को भारतीय आयल निगमको लागतमा निर्माण भइरहेको छ।
पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता भएको प्रमुख उपाध्यायले बताए।
२०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। दोस्रो चरणको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुनेछ। ‘‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ,” प्रमुख उपाध्यायले भने, ‘‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुन्छ।”
२०२४ जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात हुने उनको भनाइ छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ।
यो आयोजना सम्पन्न भएसँगै अमलेखगन्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ५३० किलोलिटर पुग्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
