चिनियाँ कम्युनिस्ट पार्टीमाथि मानवअधिकार उल्लंघनको आरोप

सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सीसीपीमाथि छ। 

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)माथि  मानवअधिकार उल्लंघनको आरोप लागेको छ। 

विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सीसीपीमाथि छ। 

हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’मा सीपीसीको नीतिप्रति चिन्ता व्यक्त गर्दै लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने चिनियाँ नीति सराहना गरेका छन्। यद्यपि उनीहरूले मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्न प्रभावकारी नीति तर्जुमा नगरिएकामा चिन्ता व्यक्त गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सीपीसीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तर्राष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। 

उइघुर मुसलमानलाई चरमपन्थी समूहका रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप र त्यसपछि थालिएको सुरक्षा कारबाहीलगायत विषय पुस्तकमा समेटिएका छन्।