इजरायली सेनाले आक्रमण गरेर १२ प्यालेस्टिनी नागरिकको हत्या गर्नुको साथै बुल्डोजरले सयौँ घर भत्काइदिएका थिए। त्यसलगत्तै इजरायली नेताहरूले सो क्षेत्रको भ्रमण गरेका हुन्।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बुधबार जेनिन शरणार्थी शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अब्बासले उत्तरी वेस्ट बैंक शहरमा रहेको शिविरको भ्रमणका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। गत हप्ता इजरायली सेनाले जेनिनमा गरेको दुई दिने कारबाहीमा १२ जना प्यालेस्टिनी र एक इजरायली सैनिकको मृत्यु भएको थियो। त्यस घटनापछि अब्बासले उक्त क्षेत्रको भ्रमण गरेका हुन्।
अब्बास एक दशकपछि उत्तरी वेस्ट बैंक शहरमा रहेको शिविरको भ्रमणमा पुगेका छन्। त्यस अवसरमा उनले शिविरलाई ‘संघर्षको प्रतीक’को रूपमा वर्णन गरे।
अब्बासले आफ्नो भ्रमणको उद्देश्यबारे भने, “हामी एक अधिकार, एक राज्य, एक कानून हौँ भन्न यहाँ आएका छौँ। हाम्रा जनताको एकता र सुरक्षामा खलल पुर्याउने जोकोहीलाई पनि चेतावनी दिन चाहन्छौँ।"
इजरायलले ‘आतंकवादको केन्द्र’का रूपमा हेर्ने गरेको उक्त शिविरमा सयौँ सैनिकले आक्रमण गरेका थिए। सेनाका बुलडोजरले सडकहरू भत्काएका थिए र सयौं घरहरूमा क्षति पुर्याएका थिए। साथै, आक्रमणमा ड्रोनको प्रयोगसमेत गरिएको थियो।
आक्रमणपछि इजरायली सेनाले त्यहाँ छापा मारेको थियो। त्यसलगत्तै अब्बासको फताह पार्टीका उपाध्यक्ष महमुद अलौलसहित कैयौँ उच्च अधिकारीहरू उक्त शिविर पुगेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
