पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देश पुनः अस्थिरताको शिकार बनेको बताएका हुन्।
पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलले स्थिरता सहन नसकेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएका छन्।
पोखरा सभागृहमा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले देशले स्थिरता समातिसकेको अवस्थामा गठबन्धनले फेरि अस्थिरतातर्फ धकेलेको आरोप लगाएका हुन्।
“एक ढंगले स्थिरता समातिसकेका थियौँ तर, केही तत्त्वहरूले स्थिरता सहन नसकेर देशलाई फेरि अस्थिरतातर्फ धकेले”, उनले भने, “फेरि अस्थिरतालाई गर्व गर्दै आफ्नो डाइनामेन्सन, गतिशीलता भनेर परिभाषा गर्न खोजेर अस्थिरता तर्फ लगे।” नेकपा एमालेले नै देशलाई फेरि स्थिरतातर्फ लैजाने उनले दाबी गरे।
जनताको आदेश लत्त्याएर संसद् अर्कैतिर लागेको उनको भनाइ थियो। संसद् र संविधान पाखा लगाएर अदालतमा मुद्दा हाली सरकार ल्याउने खालका गलत अभ्यास भएको बताउँदै उनले अदालतले सोझै प्रधानमन्त्री छानेको आरोप लगाए।
“सेटिङमा एउटा परमादेश, असंसदीय, संसदीय प्रणालीमा लोकतन्त्रमा जनताका प्रतिनिधिले प्रधानमन्त्री छान्न पाउँछन्”, उनले भने, “तर, जनप्रतिनिधिले छान्न पाएनन्, संसद्ले छान्न पाएनन्। संसद्मा पर्काइदिएको भए हुन्थ्यो। अदालतले सोझै प्रधानमन्त्री बर्खास्त गर्ने, नियुक्त गर्ने काम गर्यो। असंवैधानिक काम गर्यो, दुःखका साथ भन्नुपर्छ।”
यस्तै, एमालेले शक्ति पृथकीकरणको सिद्धान्तमा स्वतन्त्र न्यायालय मान्ने उनले बताए। तर, स्वतन्त्र न्यायालयको नाममा असंवैधानिक, अलोकतान्त्रिक ढंगले संसदीय प्रणाली र संसद्को गरिमा, त्यसको मर्म एवं मर्यादालाई कुल्चिएको आरोप उनको थियो। अरूको अधिकार अतिक्रमण गरेर शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्दै जनादेशलाई कुल्चिएको उनले बताए। परमादेशमा सरकार बनाउने र फेर्ने काम भए सच्याउनुपर्ने धारणा उनले राखे।
त्यस्तै, उनले एमालेले एकल बहुमत ल्याएर एकल सरकार बनाउने दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
