बेँसीशहर–चामे सडकअन्तर्गत मनाङको चामे–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएपछि सडक अवरुद्ध भएकाे छ।
लमजुङ– लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ। दुई वटा काठे पुल भाँचिएपछि उक्त सडक अवरुद्ध बनेको हो।
बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीशहर–चामे सडकअन्तर्गत मनाङको चामे–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएको हो।
दुवै पुल बिहीबारदेखि निर्माण शुरू गरिने उनले बताए। सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो। मंगलबारबाट नै रुख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको छ।
मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजनाअनुरूप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर–चामे सडक निर्माण अघि बढाएको थियो। नेपाली सेना २०५७ सालदेखि उक्त सडक निर्माणमा सहभागी भएको हो।
२०६९ सालमा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो। उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।
सडक जीर्ण तथा बन्द हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
